चिनीको मूल्य विवाद समाधान गर्न ७ सदस्यीय समिति गठन

रिपोर्ट नेपाल | 2018 Oct 07 | 06:28 pm 1783

काठमाडौँ, असोज २१ : काठमाडौं चिनीको मूल्या विवाद समाधान गर्नका लागि मन्त्रिपरिषद् बैठकले ७ सदस्यीय समिति गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा। दिलबहादुर गुरुङको संयोजकत्वमा समिति गठन गरेको हो।

गुरुङ नेतृत्वको समितिमा उखु उत्पादक, चिनी उद्योग, उपभोक्ता हितमा काम गर्ने संस्था, कृषि र उद्योग मन्त्रालयका सहसचिव सदस्य रहने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

सँगै बैठकले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने नागरिक लगानी कोषको सञ्चालकमा डा। रामचन्द्र भट्टराईलाई मनोनयन गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.