काठमाडौं, २६ असोज : चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । दुई दिने नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी र सभापति देउवाबीच शनिबार साँझ भेटवार्ता भएको हो ।
चिनियाँ समकक्षी सीको सम्मानमा राष्ट्रपति भण्डारीले साँझ होटल सोल्टीमा रात्रीभोज दिएकी थिइन । त्यसअघि देउवाले राष्ट्रपति सीलाई भेटेका थिए ।
भेटवातामा चिनका राष्ट्रपति सीले नेपाली कांग्रेस पार्टी र चीनकाे ऐतिहासिक सम्बन्ध रहेको बताए । उनले चिनियाँ जनता पार्टीको शासनकालमा चीन-नेपाल सम्बन्धमा नेपाली कांग्रेसले योगदान दिएकाे बताए ।
भेटपछि ट्विट गर्दै सभापति देउवाले राष्ट्रपति सीसँगको बैठक ‘महान’ भएको बताएका छन् । उनले भेटका क्रममा वर्षौंदेखिको दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको बताएका छन् । राष्ट्रपति सीको भेटले नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुगेको पनि बताएका छन् ।
सभापति देउवाले ट्विट गर्दै व्यापार, उर्जा र पूर्वाधारका क्षेत्रहरूमा दुई देशले एक अर्काबाट ठूलो फाइदा लिनसक्ने उल्लेख गरेका छन् । उनले २३ वर्षअघि आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा तत्कालीन चिनियाँ राष्ट्रपति जिन ज्यामिनको नेपाल भ्रमण पुर्नताजगी भएको बताएका छन् ।
उनले नेपाली कांग्रेस लामो समयदेखि चिनियाँ कम्युनिस्ट पार्टीको साथमा रहेकोसमेत उल्लेख गरेका छन् । देउवाले नेपाली पक्षले चीन नीतिलाई दृढतापूर्वक पालना गर्ने र कुनै पनि सेनालाई नेपालमा चीनविरोधी विभाजनवादी गतिविधिमा संलग्न हुन नदिने बताए ।
देउवाले नेपाली कांग्रेसले सीपीसीसँग मैत्रीपूर्ण कुराकानी अगाडि बढाउन तयार रहेकाे पनि बताए ।