चितुवा भगाउन हात्तीसहितको टोली परिचालन

रिपोर्ट नेपाल | 2021 Oct 26 | 08:09 am 1701

कञ्चनपुर, कात्तिक ९ः बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ । चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो ।

चितुवाले लगातार बाख्रा, बाछाबाछी, गाई, गोरुलाई गोठबाटै मारी लगेर खान थालेको जनगुनासोका आधारमा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनमगरले बताए ।

दुई साताको अवधिमै चितुवाले स्थानीय बासिन्दाका आधा दर्जन बढी चौपाया मारेर क्षति गरेको छ । साँझ नहुँदै बस्तीमा छिरेर चितुवाले घरपालुवा जनावर मार्न थालेपछि स्थानीय बासिन्दाले साँझपछि गाउँघरमा हिँडडुलसमेत बन्द गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.