चितुवाको छाला र अफिमसहित दुई जना पक्राउ

| 2020 Nov 11 | 03:00 pm 2200

दाङ, कात्तिक २६ः चितुवाको छाला र अवैध लागूऔषध अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १२ का २६ वर्षीय मधु डाँगी र प्युठान नौबाहिनी गाउँपालिका ५ का २७ वर्षीय धनसिंह टमाटा रहेका छन् ।

घोराही उपमहानगरपालिका ८ बनगाउँमा चितुवाको छाला र लागूऔषध कारोबार भइरहेकाे छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार दिउसो दुई बजे पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ३ किलो ७ सय ५० ग्राम लागूऔषध (अफिम) र पुच्छर सहितको ६ फिट ११ ईन्च लम्वाई भएको चितुवाको छाला बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेश चन्दले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.