चितुवाको छालासहित दुई जना पक्राउ

| 2021 Mar 10 | 05:26 pm 2617

काठमाडौं, फागुन २६ः महानगरीय अपराध महाशाखाले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ निशि खोला गाउँपलिका-३ जिवाखोला घर भई काठमाडौं मनमैजु बस्ने २२ वर्षीय सन्तोष बुढामगर र मोरङ डाँगिआठ गाउँपलिका-३ माझिगाँउ घर भई काठमाडौं लैनचौर बस्ने २८ वर्षीय रञ्जित माझि (माईला) रहेका छन् ।

चितुवाको छाला अवैध रुपमा ओसारपसार तथा बिक्रीबितरण भैरहेको छ भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-२ लाजिम्पाट उत्तरढोकाबाट १ थान चितुवाको छालासहित मंगलबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.