काठमाडाैं, माघ २५ः महानगरीय अपराध महाशाखाको टोलीले संरक्षित बन्यजन्तु चितुवाको खप्परसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङका सन्तोष आले मगर, काभ्रेका सन्तोष थिङ र मिङमार मोक्तान रहेका छन् ।
उनीहरूलाई विशेष सूचनाको आधारमा काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको हो ।
महाशाखाका सूचना अधिकारी ईश्वर कार्कीका अनुसार दाह्रा सहितको खप्पर बेच्ने प्रयोजनका लागि बोकेर हिंडिरहेको बेलामा पक्राउ गरेर उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अन्तर्गत कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाइएको जानकारी दिए ।