चितुवाको आक्रमणबाट सशस्त्र प्रहरी हवल्दारसहित तीन जना घाइते

| 2020 Mar 19 | 12:15 pm 1876

कास्की, चैत ६: बिहीबार बिहान पोखरा १३ मियापाटनमा चितुवाले आक्रमण गर्दा एक शशस्त्र प्रहरी हवल्दार सहित ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा गोरखा घर भई हाल पोखराको औद्योगिक क्षेत्र बस्ने ३० वर्षीय श्याम थापा, शशस्त्र प्रहरी हवल्दार ३६ वर्षका फटिक मगर र वनकार्यालयका डिएफओ प्रमुख रामजी श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक नरहरी अधिकारीले जानकारी दिए।

प्रहरी निरीक्षक अधिकारीका अनुसार चितुवाले थापाको टाउको र दाहिने पाखुरामा आक्रमण गरेको छ । उनको अवस्था मध्यम रहेको उनले जनाए । थापालाई चितुवाको आक्रमणबाट जोगाउन खोज्दा हवल्दार मगरको दाहिने हातमा चोट लागेको अधिकारीले बताए ।

स्थानीय खगेन्द्र गुरुङको घरको बाथरुममा छिरेको चितुवालाइ नियाल्ने क्रममा आक्रमण हुँदा डिएफओ प्रमुख श्रेष्ठ सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको छ । चितुवालाई नियन्त्रणमा लिई वन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

चितुवाको आक्रमण बढ्दै गएपछि तनहुँका जनता त्रसित भैरहेको अवस्थामा कास्कीमा समेत चितुवाले आक्रमण गर्न थालेपछि चितुवाको आतंक रोक्न चुनौती बढेको छ । डिभिजन वन कार्यालयले हालसम्म ७ वटा चितुवा नियन्त्रणमा लिइसकेपनि चितुवाको आक्रमण रोकिएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.