चितुवाको आक्रमणबाट बैतडीमा वृद्ध घाइते

रिपोर्ट नेपाल | 2022 Jul 30 | 03:58 pm 1593

बैतडी, साउन १४ः बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन्। घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द रहेका छन्।

चन्दलाई घर नजिकैको बारीमा चितुवाले आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए। बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थापेको पासो फसेको थियो।

खसी खोज्ने क्रममा नजिकैको बारीमा  चन्दलाई चितुवाले आक्रमण गरेको थियो। चितुवाको आक्रमणबाट चन्दको घाँटी र हातमा घाउ भएको छ। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। तल्लोसोराड क्षेत्रमा चितुवा बेलाबेलामा मानवबस्तीमा पस्दै आएको छ। बासस्थान र आहारको कमीका कारण चितुवा मानव वस्तीमा पस्ने गरैको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.