चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु

| 2020 Aug 06 | 08:42 am 3623

तनहुँ, साउन २२ः गएराति चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–२ मसारका विष्णुकुमार रानाका छोरा डेढ वर्षीय रोहन राना रहेका छन् ।

घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

मृत्यु भएका बालकको शव घरभन्दा केही पर भेटिएको थियो ।

गत असार १७ गते राति आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा चितुवाको आक्रमणबाट १० वर्षीया अमिषा थापा घाइते भएकी थिइन् । विसं २०७४ फागुन यता चितुवाको आक्रमणबाट दश बालबालिकाले ज्यान गुमाई सकेका छन् ।

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.