चितुवाको आक्रमणबाट तनहुँमा एक बालक घाइते

| 2020 Mar 12 | 12:32 pm 2328

तनहुँ, फागुन २९: चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बुधबार साँझ एक बालक घाइते भएका छन् ।

घाइते हुनेमा सोही ठाउँका ७ वर्षीय अनुप नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

घर नजिकै आमासँग विवाह भोजमा जान हिँडेका नेपालीलाई घरदेखि अन्दाजी एक किमी टाढा बाटोमा चितुवाले आक्रमण गरी घाइते बनाएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।

चितुवाको आक्रमणबाट बालकको घाँटीमा चोट लागेको छ । बालकको अवस्था गम्भीर रहेको र उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.