चितुवाको आक्रमणबाट एक बृद्ध घाइते

रिपोर्ट नेपाल | 2020 Mar 10 | 03:58 pm 1799

पर्वत, फागुन २७: मंगलबार कुस्मा नगरपालिका वडा नं २ खुर्कोटमा चितुवाको आक्रमणबाट एक जना बृद्ध घाइते भएका छन्।

घाइते हुनेमा कुस्मा नगरपालिका २ खुर्कोट तीन मुरेका ७१ वर्षीय बृद्ध शेषकान्त शर्मा रहेका छन् ।

घर नजिकैको वनमा घाँस काट्न गएको बेला शर्मालाई चितुवाले आक्रमण गरेको थियो । आक्रमणबाट हात लगायतका ठाउँमा चोट लागेको र आफुँ भिरबाट खसेपछि चितुवा भागेको घाइते शर्माले बताए ।

घाइते शर्माको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था भने सामान्य नै रहेको बताइएको छ ।

उक्त क्षेत्रमा एक साता देखि छिमेकी कुस्मा नगरपालिका ३ दुर्लुङ्ग घोगेनीमा चितुवाले लगातार पशु चौपाय मारेपछि सर्वसाधरण त्रसित भैरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.