चितवन मेडिकल कलेजमा तालाबन्दी

| 2019 Nov 11 | 12:50 pm 2180

चितवन, कात्तिक २५: विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्ने सहमति कलेजले उल्लंघन गरेको आरोप लगाउँदै चितवन मेडिकल कलेज (सिएमसी)को शिक्षण युनिटमा तालाबन्दी गरेका छन् ।

विद्यार्थीहरुको महिनौंको आन्दोलनपछि गत असोज ४ मा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहवरमा विद्यार्थी, मेडिकल कलेज र अभिभावकबीच त्रिपक्षीय छलफल भएको थियो। छलफलमा कलेजले विद्यार्थीबाट अवैध रुपमा बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने प्रतिवद्धता जनाएको थियो।

माग पुरा नहुँदासम्म तालाबन्दी जारी रहने चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकास चन्दले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
यसअघि विद्यार्थीले भदौमा पनि आन्दोलन गरेका थिए ।

त्यो बेला भएको पाँच बुँदे सहमतिमा मेडिकल शिक्षामा सरकारले तोकेको भन्दा विद्यार्थीबाट लिएको बढी शुल्क कात्तिक १८ गतेभित्र फिर्ता गर्ने उल्लेख थियो ।

सरकारले एमबीबीएसका लागि तोकेको ४२ लाख ४५ हजार रुपैयाँ शिक्षण शुल्कमा ६ लाख रुपैयाँ अतिरिक्त लिएको कलेजले स्वीकार गरेको छ । त्यसमध्ये दुई लाख रुपैयाँ मात्रै समायोजन गर्ने कलेजको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.