चितवन, भदाै २५: सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाशसहित दर्जन भन्दा बढी चितवन मेडिकल कलेजबाट पक्राउ परेका छन् ।
कलेजले अवैध शुल्क असुल गरिरहेकाे भन्दै विद्यार्थी आन्दोलित भएपछि प्रकाशसहित आन्दाेलनरत १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीको घेरा तोडेर नारावाजी गर्ने क्रममा १५ विद्यार्थीलाई नियन्त्रणमा लिएकाे चितवन प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १० जना पुरुष र ७ जना महिला रहेका छन्।
विद्यार्थीहरु केही दिनअघिदेखि विभिन्न शैक्षिक मागका साथै शुल्क घटाउनुपर्ने भन्दै आन्दोलन गर्दै आइरहेका थिए ।
सोही मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत प्रकाश आन्दोलनको अगुवाइ गर्दै आइरहेको बुझिएको छ ।