चितवन, पुस २२ः जिल्लाकाे भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालको प्रमुख आतिथ्य तथा प्रमुख जिल्ला अधिकारी असमान तामाङको बिशेष आतिथ्यमा भरतपुर महानगर पालिका वडा नं. २३ मा करिब ४ करोड लागतमा ४ वटा डिप ट्युबवेल भूमिगत सिंचाइ प्रणालीको उद्घाटन कार्य सम्पन्न भएकाे छ।

जनताको घर दैलोमा जनतामा जनता संग प्रतक्ष्य जोडिएर अत्यन्त सरल र सहज ढंगले ४ वर्ष लाग्ने आयोजनालाई १ वर्ष भित्रै सिंचाइ सेवा संचालनमा आउँदा कृषकहरुको मुहारमा खुसीको बहार छाएको छ ।

आयोजना शुरु भएको छोटो अवधिमै जनताको माझमा अन्त्यन्त लोकप्रिय ढंगले सिंचाइ सेवा विस्तारमा दिन रात खट्ने आयोजना प्रमुख देवकुमार स्याङ्बोले भने आफू पनि कृषक परिवारबाट जन्मिएको कृषक छोरो भएकोले कृषकको सेवा नै आफ्नो मातापिताको सेवा सरह हो । उनको अनुसार चितवन जिल्लाको करिब १० हजार ५०० हेक्टर जमिनमा बाह्रै महिना दिगो, भरपर्दो र सर्वसुलभ ढंगले सिंचाइ सुबिधा उपलब्ध गराउने उद्देश्यले मिति २०७७ पुस १० मा यस चितवन भूमिगत संयोजनात्मक जल सिंचाइ आयोजना चितवनको स्थापना गरिएकाे थियाे ।

आम जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याई सुख र सम्वृद्धिको लक्ष्य हासिल गर्नको लागि कृषि क्रान्तिको पूर्वाधार सिंचाइ संरचनाको निर्माण भएकोले भरतपुर महानगरपालिका संगको सहकार्य र समन्वयमा नेपाल सरकारको उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय मातहातको जलस्रोत तथा सिंचाइ विभाग अन्तर्गतको यस आयोजनाले निरन्तर कार्य सम्पदान गरिरहेको छ ।

स्थापना भएको २ वर्षमा यस आयोजनाबाट करिब २ हजार ५०० हेक्टर (करिब ४००० बिगाहा) जग्गामा भूमिगत जलस्रोतको संयोजनात्मक उपयोग गरि कृषकको माग अनुरुप कृषि उत्पादन र उत्पादकत्व बढाउन भूमिगत जल सिंचाई प्रबिधि मार्फत राष्ट्रको आर्थिक बिकासमा उल्लेखनीय योगदान पुर्याएको छ ।

सरकारले यस्तो आयोजनाहरु सहज रुपमा संचालन गरिदिने हो भने नेपालमै बसेर कृषि पेसा गरेरै ४ जनाको परिवार राम्रैसँग पाल्न सक्किने कुर बताउँछन् भरतपुर महानगरपालिका वडा नं. २७ बुद्धनगरका स्थानीय कृषक शोभाकान्त पाण्डे ।
करि १० बर्ष कतार र मलेसियामा दुःख मजदुरी गर्दा नकमाएको पैसा नेपाल आयको ३ बर्षमै कमाएको कुरा उनी बताउँछन् ।