चितवन, असार १७: ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका कमाण्डर स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीका अवसरमा नारायणी नदीको किनारमा लाख बत्ती बालिने भएको छ ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले रिपोर्ट नेपाललाई दिएको जानकारी अनुसार भोली बुधबार लाख बत्ती दिप प्रज्वलन गरिने भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा नारायणी नदीको किनारमा दिप प्रज्वलित गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनले जनाएको छ ।
कार्यक्रमलाई व्यवस्थित गर्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा व्यवस्थापन समिति बनाइएको छ । नारायणी किनारमा हुने गण्डकी संरक्षण महाआरतीको बुधाबारको आरती स्वर्गीय कोइरालाको नाममा गरिने र त्यसको सम्पूर्ण खर्च चितवन कांग्रेसले गर्ने जनाइएको छ ।