चितवनमा शंकास्पद वस्तु फेला

| 2022 Oct 25 | 04:05 pm 1349

चितवन, कात्तिक ८: चितवन मेडिकल कलेजको गेटमा शंकास्पद वस्तु फेला परेको छ । पूर्व पश्चिम राजमार्गको छेउमा रहेको मुलगेटमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीले उक्त स्थान नियन्त्रणमा लिएको छ। सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको छ। उक्त वस्तु बम भएको आशंका गरिएको छ।

पूर्व पश्चिम राजमार्ग अवरुद्ध छ। दिउँसो साढे दुई बजेतिर शंकास्पद वस्तु भेटिपछि राजमार्ग सिल गरिएको छ चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए। सवारी साधनलाई वैकल्पिक बाटोबाट पठाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.