चितवनमा दुर्घटनाः तीन जनाको मृत्यु, २२ घाइते

| 2018 Oct 19 | 07:16 am 1926

चितवन, कात्तिक २ः चितवनको जलबिरेमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको यात्रुवाहक बस चितवनको इच्छाकामना ६ जलविरेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान २ बजे भएको दुर्घटनामा २२ जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेहरुलाई विभिन्न अस्पताल लगिएको छ।

मृतककाे सनाखत हुन सकेकाे छैन्। जलबिरेमा टर्निङ गर्न नसकेर दुर्घटना भएको हुनसक्ने प्रहरीको पुर्वानुमान छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.