चितवनमा डिएसपी ढकालको आतंक

रिपोर्ट नेपाल | 2018 Sep 29 | 05:17 pm 2357

चितवन, असोज १३ : जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रभु ढकालले आतंक मच्चाएका छन्। जनतालार्इ शान्ति सुरक्षा प्रदान गर्नुपर्ने प्रहरीका उच्च अधिकारीबाट जनता त्रसित हुनुपर्ने वातावरण सिर्जना भएको छ।

डिएसपी ढकालले जिल्ला प्रहरी प्रमुखको सोझोपन र विश्वासको फाइदा उठाउँदै आफू मातहतका प्रहरीलार्इ उनीहरुले चाहेको ठाउँमा खटाउने र उनीहरुबाट पैसा असुली गर्ने गरेकोसमेत श्रोतले जनाएको छ। उनले विभिन्‍न गैरकानुनी धन्दाहरुमा समेत मिलेमतो रहेको श्रोतको दाबी छ।

यिनै डिएसपी ढकालले शुक्रबार मादक पदार्थ सेवन गरी टाँडीस्थित एक ब्याङक्‍वेटमा ज्यादती गरेका छन्। श्रोतका अनुसार शुक्रबार राति १ बजेको समयमा मादक पदार्थको नसाले लठ्ठिएका डिएसपी ढकाल उक्त व्याङक्‍वेटमा पुगेका थिए। तीन पुरूष र एक महिलासहित पूर्व चितवनमा भेष राज दवाडीले सन्चालन गरेको होटल स्टार ब्याङक्‍वेटमा पुगेका थिए।

उनले राति त्यहाँ मदिरा मागे। तर, होटलवालाले मध्यरातमा मदिरा दिन नमिल्ने बताएपछि तथानाम गालि गरे। त्यसपछि सञ्‍चालकले प्रहरीलार्इ खबर गर्ने बताएपछि त्यहीँ कोठा लगेर सुते। मदिराले मातेका उनिहरूको गाडी गेटमासमेत ठोकिएर गेटमा समेत क्षति पुगेको छ।

स्थानीयको रोहबरमा उज्यालो हुने बित्तिकै उनिहरूलार्इ त्‍यहाँबाट पठाइयो। यस घटनाको उजुरी ३ नम्बर प्रदेश प्रहरी कार्यालयदेखि आईजीपीको सचिवालय सम्म पुगेको श्रोतले बताएको छ।

यो घटना विभिन्‍न सञ्‍चारमाध्यममा प्रकाशित हुन थालेपछि होटक सञ्‍चालकलार्इ दबाब दिएर ‘उनका पाहुना आएको’ बताउन बाध्य पारिएको श्रोतले जनाएको छ।

उनी महाराजगन्‍जमा हुँदा पनि बदानम प्रहरीको रुपमा थिए।

पछिल्लो समय अपराधजन्य कृयाकलापमा प्रहरीको नै संलग्‍नता बढेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला यो घटना भएको हो। प्रहरीमा केही यस्तै बदनाम चरित्रका प्रहरी अधिकारीका कारण सिंगो प्रहरी प्रशासन नै आलोचित हुने गरेको छ। यस्ता बदनाम प्रहरीलार्इ कानुनी कारबाही गर्नुपर्ने स्थानीयको माग छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.