चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट

रिपोर्ट नेपाल | 2019 Sep 28 | 04:19 pm 1701

चितवन, असाेज ११: शनिवार दिउँसो चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ । भरतपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका शाही नेकपा सम्बद्ध युवाबाट कुटिएका हुन् । उनलाई प्रहरीले उद्दार गरेको छ ।

‘नेपालका लागि नेपाली’ अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका थिए । लगतै शाहीमाथि कुटपिट गरेका थिए ।

उनीमाथि गाडि भित्रै कुटपिट भएको थियाे । उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.