चितवन, भदौ ४ : चितवनमा एक किशोरी सामुहिक बलाकार गरेको आरोपमा पाँच पक्राउ परेका छन् । प्यूठान जिल्ला घर भइ भरतपुर ११ मा बस्दै १७ वर्षे किशोरीलाई गत साउन ३० गते सामुहिक बलात्कार गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नवलपुर गैंडाकोट नगरपालिका(४ का २१ वर्षे युवराज सारुमगर, सोही नगरपालिका वडा नः- २ का १९ वर्षीय सैन्थिल धिमाल, भरतपुर महानगरपालिका वडा नः- ११ का २० वर्षीय आकाश थापा, महानगरपालिका वडा नः- २९ का ३५ वर्षीय अर्जुन वि.क र अर्का १७ वर्षीय बालक छन् ।
घटना साउन ३० गतेको भएपनि पीडितका आफन्तले भदौं १ गतेमात्र प्रहरीमा जाहेरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले युवाहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरु भरतपुरको एक पानी उद्योगमा काम गर्ने युवक रहेको र उनीहरुले मादकपदार्थ सेवन गरी किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी शिव शर्मा आचार्यले जानकारी दिए ।