चितवनमा अवैध दुई किलो सुन बरामद

रिपोर्ट नेपाल | 2018 Sep 05 | 11:49 am 2527

चितवन, भाद्र २०: चितवनको नारायणगढ बजारको एक सुनचाँदी पसलबाट प्रहरीले दुई किलो ७६ ग्रम सुन र चार किलो ६ सय १७ ग्राम चाँदी बरामद गरेको छ। अवैध रुपमा किनेर बेच्‍न राखेको भन्दै प्रहरीले नारायणगढ पुतलीबजारमा रहेको न्यु गणेश सुनचाँदी पसलका सञ्‍चालक भारत महाराष्ट्र साङ्लीका राजेन्द्र शिवाजी पाटिललाई पक्राउ गरेको हो।

प्रहरीले सुन चाँदीका साथै १२ लाख रुपैयाँ नगद पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

प्रदेश-३ प्रहरी कार्यालय हेटौंडाको अनुसन्धान समूहले दिएको विशेष सूचनाका आधारमा सुन चाँदी पसलमा प्रहरीले छापा मारेको थियो।

बरामद सुन र चाँदीको बजार मुल्य एक करोड रुपैयाँ पर्ने प्रहरीको भनाइ छ। पाटिलले एकजना भारतीयले नै आफुलाई सुन बेचेको बयान दिएको ढकालको भनाइ छ । पक्राउ परेका पाटिललाई कारवाहीका लागि राजश्व अनुशन्धान विभाग ललितपुर बुझाईने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.