चितवन, कार्तिक २० : चितवनको रत्ननगर नगरपालिका-९ बाट आइतबार राति दुर्इ लाख नगद र एक लाखको चेकसहित १६ जना जुवाडे पक्राउ परेका छन्।
विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीको संयुक्त टोलीले ती जुवाडे पक्राउ गरेको टाँडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए।
उनका अनुसार रत्ननगर-९ का शुकराम दराईको घरमा च्यानल गेट लगाएर जुवा खेल्दै गर्दा विद्युत प्राधिकरणबाट लगिएको भर्याङबाट चढेर उनीहरुलार्इ पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले चाडबाडमा हुने जुवातास नियन्त्रणका लागि विशेष टोली खटाएको छ। एक सातादेखि जुवा नियन्त्रण गर्न विभिन्न पाँच स्थानबाट जुवा खेल्नेलाई पक्राउ गरी मुद्दा चलाईएको बताइएको छ। उनीहरुलाई जुवा ऐन अर्न्तगत मुद्दा चलाईएको छ।