चितवनको माडीमा प्रदर्शन, यातायात ठप्प

रिपोर्ट नेपाल | 2018 Nov 29 | 09:39 am 3311

चितवन, मंसिर १३ : चितवनको माडीमा स्थानीयले प्रदर्शन गरेका छन्।

हात्तीको आक्रमणले लगातार मानवीय तथा भौतिक क्षति हुँदा पनि निकुन्‍ज र सरकारले कुनै ध्यान नदिएको भन्दै बिहीबार बिहानै स्थानीयले प्रदर्शन गरेका हुन्।

प्रदर्शनका कारण माडीमा यातायात सेवा समेत ठप्प भएका छन्।

इलाका प्रहरी कार्यालय माडीका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावर बस्तीमा पसेर जनधनको क्षति पुर्याउँदै आएको भन्दै स्थानीयले वन्यजन्तु नियन्त्रणको माग गर्दै आज यातायात बन्द गरेका हुन्। बन्दका कारण यहाँ सवारी रोकिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.