चितवनका डिएसपी ढकाल किन तानिए हेडक्वाटर ?

| 2018 Oct 18 | 02:47 pm 124332

काठमाडौं, कात्तिक १  : गत असोज १२ गतेको मध्यरातमा मदिरा र सुन्दरीको नसाले पात्तीएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभु ढकाललाई कारबाहीका लागि प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ । असोज १२ गते राती १ बजे रत्ननगर नगरपालिका कार्यालय भन्दा करिब डेढ सय मिटरको दुरीमा रहेको स्टार ब्यांकेटमा ढकालले बर्दीको आडमा त्यहाँ एक किसिमको आतंक नै मच्चाएका थिए ।

पहिला टाँडीमा घुमुवाका रुपका रहेको बदनाम जवान निशान लामिछानेलाई ड्राइभर बनाएर एक महिला एक अर्का पुरुष सहित मध्यरातमा ब्यांकेट पुगेका ढकालले मदिरा माग्दा नपाएर पछि रुम मात्रै भएपनि दिन दबाब दिएका थिए । सौराहाबाट अत्यधिक मदिरा पिएर आएका डिएसपी ढकालले जवान लामिछानेलाई मदिरा ल्याउन फेरी सौराहा पठाएका थिए । मदिराले राम्रोसँग बोल्न र हिड्न नसक्ने भएका जवान लामिछानेले पुन मदिरा लिएर आउँदा ब्यांकेटको गेट नजिकै रहेको विद्युतको पोललाई आड लगाएर बेहोसी अवस्थामा झण्डै दुई घण्टा भुइमै सुतेको फेला परेका थिए ।

समाचार स्रोतका अनुसार त्यही ब्यांकेटमा गाडी संहाल्न नसकेर गेटमा ठोकाएको समाचार प्रकाशित भएपछि उनले घटनालाई गुपचुप राख्न ब्यांकेटका संचालकलाई अनेक व्यक्ति लगाई दवाब दिएका थिए । उनको दवाब र रातीको रवाफ डढेलो सरी जिल्लाका एसपी हुँदै प्रान्तका डिआइजीसँग मात्र पुगेनकी संगठन प्रमुख सर्वेन्द्र खनाल लगाएत मिडियामा पुग्यो । डिएसपी ढकालले जिल्लामा बस्दा गरेका अनेक कर्तुतको सुक्ष्म ढंगले नियालिरहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल केहि दिन अगाडी चितवनमा पुगेको अवस्थामा तुरुन्तै कारबाहीका लागि निर्देशन दिएका थिए ।

चितवनका विभिन्न स्थानबाट बदनामी भएर कारबाही गरेर फर्काइएका प्रहरी कर्मचारी डिएसपी ढकालका सहयोगी र प्रिय पात्र हुने गरेका थिए । लोथर चौकीमा अत्यन्तै गन्हाएका कारण त्यहाँका इन्चार्यले फर्काएका असई नरेश श्रेष्ठ, पदमपुर चौकीबाट धपाइएका आत्मराम कार्की टाँडीबाट लखेटिएका निशान लामिछाने लगाएत हाल नवलपुरको दुम्कीबासमा इन्चार्य रहेका प्रहरी निरीक्षक धजेन्द्र कार्की र डिएसपी ढकाल बीच अचम्मको मित्रता थियो ।

मित्रता हुनुको पछाडी आफ्नो संरक्षणमा उनीहरुले देखाइदिएको ठाँउमा अवैध कार्य गर्न लगाएर उठन्ती भएको चितवनका स्वाभिमानी प्रहरी बताउँछन् । डिएसपी ढकालद्वारा संरक्षित एक जुवाको अखडा बारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समक्ष स्थानियबासीले दिएको सूचनाका आधारमा महानिरीक्षक खनालको निर्देशनमा विशेष किसिमले छापा हान्दा जुवाडेहरु पक्राउ परेका थिए ।

अव छिट्टै हुने बढुवामा कसैले नचाहे पनि राजनीतिक नेताको विशेष भएको बताउँदै एक नम्बरमा एसपी बन्ने र चितवनकै प्रमुख बनेर आउने गुड्डी ढकालले लगाउँदै आएका थिए । सौराहामा समेत आफ्ना हनुमानलाई पठाएर नाङ्गाे नाच नाच्ने  डिएसपी ढकाल १२ गते शुक्रबारको आतंकबारे मिलाउन थुप्रै प्रभूको शरणमा पुगेको बताइन्छ ।

महानिरीक्षक खनालले काठमाडौंको एक कार्यक्रम सम्बोधन गर्ने क्रममा संगठन भित्रका गलत ऐजेरुहरु यहाँ बस्नु भन्दा तस्करसँग गए हुन्छ भन्दै त्यसपछि बल्ल थाहा पाउछन भनेको हप्ता दिन बित्न नपाउँदै चितवनबाट ढकाल हेडक्वाटर तानिएका छन् । चितवन बस्दा प्राय सधै एक न एक महिलासँग रात बिरात हिडिरहने डिएसपी ढकाल दसैंको मुखमा हेडक्वाटर तानिएर उनको मूल्यांकन भएको छ ।

एक नम्बर एसपी बन्ने भन्दै हिड्ने ढकाललाई कुन राजनीतिक दलका कुन नेताले काँध थाप्ने हुन् त्यो हेर्न भने बाँकी नै छ । स्मरण रहोस् चितवन जिल्लाका एसपीको इमान्दारीता र सोझोपनको भरपुर फाइदा लिँदै डिएसपी प्रभु ढकालले गरेका अन्य कर्तुत पनि सार्वजनिक भइरहेका छन् । उनलाई कारबाही स्वरुप हेडक्वाटर तानिएपछि इमान्दार र स्वच्छ व्यवसाय गर्नेहरु खुसीले गदगद भएका छन् भने उनको बर्दीको आडमा गलत गर्नेहरु निरिह बनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.