चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने भारतीय र चिनियाँ नागरिक पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 24 | 01:59 pm 2136

काठमाडाैं ,  वैशाख ११ : नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले सङ्गठित रुपमा सामाजिक सञ्जालमा चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले फेसबुक, ह्वाट्सएप, भाइबर इमोलगायत सामाजिक सञ्जालको प्रयोग गरी ४० लाख ३९ हजार ठगी गर्ने भारत हरियाणाका ३९ वर्षीय अमित कुमार र चिनियाँ नागरिक वाङ हङछियालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक सुदीप गिरीले सामाजिक सञ्जालमार्फत चिट्ठा पर्‍यो भन्दै विभिन्न बैंकमा पैसा जम्मा गर्न लगाउने गरेको अनुसन्धानमा खुलेको बताए । “चिट्ठा ठगीका लागि नाइजेरियन, चिनियाँ र भारतीय नागरिकको संलग्न रहेकामा भारतीय नागरिक अमितको खातामा पैसा जम्मा गरी एकापसमा बाँडफाँट गरेर लिने गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने ।

घटनामा संलग्न दुई जनालाई पक्राउ गरे पनि नाइजेरियाली नागरिक भने फरार रहेकाले खोजी भइरहेको ब्यूरोले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.