चिकित्सासम्बन्धी विधेयकमा सरकार ‘ब्याक’ नहुने मन्त्री बास्कोटाको दावी

रिपोर्ट नेपाल | 2018 Jul 01 | 03:10 pm 3179

काठमाडौं, १७ असार : नेपाल सरकारका प्रवक्त समेत रहेका सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले चिकित्सासम्बन्धी विधेयकमा सरकार ‘ब्याक’ नहुने दावी गरेका छन् ।

काठमाडौंमा मेडिकल कलेज खोल्नै नदिने भन्ने कुरा जायज नभएको उनले बताएका छन् । उनले डा। गोविन्द केसीको अनसनलाई लक्षित गर्दै भने, ‘कसैले केही भनेका आधारमा त्यो पूरा गरेको गर्‍यै गर्न सकिंदैन ।’

डा। गोविन्द केसीले जुम्लाको खलंगास्थित कभर्ड हलमा शनिबारदेखि अनसन थालेका छन् । सरकारले संसदबाट पारित गर्न लागेको चिकित्साशास्त्र सम्बन्धी विधेयकको विरोधमा डा। केसीले अनसन थालेका हुन् । तर, केसीको अनसनप्रति केपी ओली नेतृत्वको सरकार खासै गम्भीर देखिँदैन । कुनै व्यक्तिले अनसन बसेर माग गर्दैमा सरकार ती माग पूरा नगर्ने सरकारी अधिकारीहरुको अडान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.