चिकित्सक संघले बोलायो आकस्मिक भेला

| 2019 Jan 24 | 11:32 am 2260

काठमाडौं, माघ १० : डा गोविन्द केसी अनशनको विषयलाई लिएर ठोस निर्णयमा पुग्न नेपाल चिकित्सक संघले आकस्मिक बृहत बैठक बोलाएको छ । यसअघि अन्य आवासीय चिकित्सकहरुले आन्दोलनको घोषणा गरेका छन् ।

अनशनको १६ औं दिन भइसक्दा पनि र स्वास्थ्यसमेत जोखिमपूर्ण बन्दै जाँदा सरकार झन् झन् कठोर बनेपछि संघले वृहत बैठक बोलाएको हो । यद्यपी संघका महत्वपूर्ण पदाधिकारीहरु सरकारसँग डराएर आन्दोलनमा जान हिचकिच्याइरहेको र बाहना गरिरहेको आरोप चिकित्सकहरुको छ।

आजको भेलामा उपत्यकाका ठूला अस्पतालका निर्देशकहरु संघका पूर्व अध्यक्ष र वरिष्ठ चिकित्सकहरुलाई समेत बोलाइएको संघले जनाएको छ । संघलाई खुट्टा नकमाउन आवासीय चिकित्सकहरुले आग्रह गरिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.