चाेरी मुद्दाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2022 Nov 02 | 08:26 am 1445

बर्दिया, कात्तिक १६ः चाेरी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बर्दिया वारबर्दिया नगरपालिका-०२ बस्ने योगेन्द्र ज्ञवाली रहेका छन्।

ज्ञवालीलाई सम्मानित बर्दिया जिल्ला अदालत गुलरियाको मिति २०७८/०८/०१ गतेको फैसला आदेशले नकबजनी चोरी मुद्दामा २ वर्ष ९ महिना २ दिन कैद र रू. ३० हजार जरिवाना सजाय तथा जबरजस्ती चोरी उद्योग मुद्धामा १ वर्ष ३ महिना २ दिन कैद र रू.१५ हजार जरिवाना सजाय तोकिएको थियाे ।

फरार प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०७/१४ गते बेलुकी लुकिछीपी बसेको अवस्थामा घर वतनबाटै पक्राउ गरी आवश्यक कारबाहीको लागी मिति २०७९/०७/१५ गते सम्मानित बर्दिया जिल्ला अदालत गुलरिया बर्दियामा पेश गरिएकोमा सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दियामा पठाईएको प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बाेहराले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.