काठमाडाैं, पुस ७ः विभिन्न मितिमा हराएका २५ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी
काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथ स्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रम गरी २० वटा मोटरसाइकल र ५ ओटा स्कुटर धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
उनका अनुसार यस आर्थिक वर्ष सुरु भए पश्चात सवारी साधन हराएको भनि ७०१ निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका २४८ वटा सवारी साधन माथी ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो ।
जस मध्ये साउन महिनामा ७३ ओटा, भदौमा ४० वटा, असोजमा ३० वटा, कात्तिकमा १४ वटा र
मंसिरमा ३७ वटा सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । धनि नखुलेका ३६ वटा सवारी साधन भने यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाईएको छ ।