चार सचिवको सरुवा

रिपोर्ट नेपाल | 2022 Jul 19 | 07:21 am 1329

काठमाडौं, साउन ३ः सरकारले चार जना सचिवको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सचिवको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ भने शिक्षा मन्त्रालयमा उपराष्ट्रपति कार्यालयका रामकृष्ण सुवेदीलाई ल्याइएको छ ।

यसैगरी, कर्णाली प्रदेश सचिव राजकुमार श्रेष्ठलाई लोकसेवा आयोग र कर्णाली प्रदेशको प्रमुख सचिवमा डा. गोपी खनाललाई पठाउने निर्णय गरिएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.