काठमाडौं, मंसिर १० : महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाका प्रहरी निरीक्षक खुमलाल भुसालको संयुक्त टोलीले चार वर्ष देखि फरार एक यूवकलाई पक्राउ गर्न सफल भएको छ ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार जिल्ला अदालत ललितपुरबाट २०७१ चैत्र २९ गते ७ वर्ष ११ महिना ५ दिन कैद सजाय सुनुवाइएका ललितपुर महानगरपालिका २२ बस्ने दुर्लभ शाक्यलाई पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं प्रहरी उपरीक्षक शेखर खनालका अनुसार ४० वर्षीय प्रतिवादी दुर्लभ शाक्यलाई अदालतले कुटपीट तथा अंगभंग मुद्दामा कैद सुनाएको थियो ।
अदालतको आदेशपछि लुकिछिपी गर्दै हिडेका शाक्यलाई विशेष सुराकीको आधारमा फर्सिडोलबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका शाक्यलाई जिल्ला अदालत पठाइएको उपरीक्षक खनालले बताए ।