बारा, पुस ७ : अपहरण तथा बन्धक बनाएको अभियोगमा मुद्दा दायर भएका एक अभियुक्त लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर–१२ का शिवलाल साह रहेका छन् ।
साहले आफ्नो घरमा बन्धक बनाई राखेको अवस्थामा मिति २०६८ पुस १३ गते स्थानिय मानिसहरुको सहयोगमा प्रहरी टोलीले अपहरित महेन्द्र चौधरीलाई मुक्त गरेको थियो ।
त्यसैगरी साहलाई अपहरण तथा शरिर बन्धक मुद्दामा मिति २०६९ चैत २६ गते बारा अदालतले ४ वर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको थियो ।
साहलाई संघीय प्रहरी इकाई कार्यालय जनकपुर, फरार अभियुक्त पक्राउ गर्न खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतले पूर्वादेश बमोजिम कैद भुक्तानको लागी शुक्रबार नै विरगंज कारागार पर्सामा पठाएको छ ।