चार राजदूतको नाम अनुमोदन, को-कहाँ ?

रिपोर्ट नेपाल | 2018 Dec 09 | 06:51 pm 2591

काठमाडौँ, मंसिर २३ : संसदीय सुनुवाई समितिमा ४ राजदूतको नाम सर्वसहमतिले अनुमोदन भएको छ । आइतबार भएको संसदीय सुनुवाई समितिको बैठकमा उनीहरुको नाम अनुमोदन भएको हो ।

बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, युएईका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि अञ्जान शाक्यको नाम अनुमोदन भएको हो ।

प्रस्तावित राजदूतको प्रस्तुतिकरणपछि उनीहरु राजदूतका लागि उपयुक्त ठहर गर्दै निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.