काठमाडौं, साउन २५: शनिबार बिहान महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतबाट भागेका ४ थुनुवामध्ये दुई थुनुवा पक्राउ गिरएकाे छ भने दुई अझै फरार रहेका छन् ।
चोरी मुद्दामा थुनामा रहेका चार थुनुवा भागेका थिए । चार मध्ये दुई जनालाई प्रहरीले पक्राउ गिरएकाे र फरार रहेका दुईको तीब्र खोजी कार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।
ह्याक्सोले झ्यालको डन्डी काटेर उनीहरुले भागेका थिए । उनीहरु मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेकाहरूकाे नाम भने गाेप्य राखिएकाे छ ।