काठमाडौं, कात्तिक, १५ : चार दिने कतारको औपचारीक भ्रमणपछि राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता भएकी छन् । बिहीबार बेलुका ७ः ४५ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल ल्यान्ड गरेकी हुन्।
राष्ट्रपतिलाई स्वागत् गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री ईश्वर पोखरेललगायतका मन्त्रीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल पुगेर स्वागत् गरेका छन् । राष्ट्रपतिलाई नेपाली सेनाको एक टोलिले विभिन्न राष्ट्रिय धुन बजाई स्वागत् गरेका छन् ।
राष्ट्रपति भण्डारीले कात्तिक १३ मा कतारी अमिर तमिमसँग औपचारिक संवाद गरेकी थिइन्। भ्रमण क्रममा भण्डारीले कतार फाउन्डेसनका अध्यक्ष शेख मोजा विन्ट नासिर, नेपाली व्यवसायी र समुदायसँग छुट्टाछुट्टै भेट समेत गरेकी थिइन्।
कतारमा रहँदा भण्डारीले समकक्षी तमिमसँग नेपाली कामदारको सुरक्षा, अवसर, चुनौती र लगानीको विषयमा छलफल गरेको जनाइएको छ। राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकर बैरागीसहित उच्च सरकारी अधिकृत सहभागी थिए। उनको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो। राष्ट्रपतिको भ्रमणले नेपाल र कतारबीच द्विपक्षीय सहयोग सम्बन्ध सुदृढ हुने विश्वास गरिएको छ।
त्यस्तै कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर समेत भएको जनाइएको छ।