चार थान पेस्तोल र सुनका गहनासहित तीन पक्राउ 

रिपोर्ट नेपाल | 2019 Sep 05 | 01:59 pm 1907

कैलाली, भदौ १९: अवैध रूपमा राखेको चार थान पेस्तोल र सुनका गरगहनासहित बुधबार साँझ तीन जनालाई धनगढीबाट प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान व्युरो र जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिका– ३ चटकपुरको एक घरबाट चार थान पेस्तोल र सुनका गरगहना सहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ का सन्जय राणा र अन्य दुई जनालाई पक्राउ गरेको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिए।

सुनका गहना करिब ५०/६० तोला सम्म रहेको प्रहरीले अनुमान गरेको छ । कोठा भाडामा लिएर बसिरहेका तीनै जनाको शंकास्पद गतिबिधी बारे जानकारी पाएपछि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्युरोको टोली धनगढी आईपुगेको बुझिएको छ ।

उनीहरूलाई विशेष सूचनाका आधारमा ठूलै अपराधिक गिरोह हुन सक्ने देखिएपछि कैलाली प्रहरीले सिआईविको टोली बोलाएर पक्राउ गरिएको बुझिएको छ ।

सिआईविको टोली कैलाली पुगेको चार दिनमा उक्त गिरोहललाई पक्राउ गर्न सफल भएको जनाइएको छ । सो समुह ठगी लगायत थुप्रै अपराधीक कार्यमा संलग्न हुन सक्ने आशंका छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.