चार्जिङ स्टेशन र विद्युतीय बसको उद्घाटन हुने

रिपोर्ट नेपाल | 2019 Sep 01 | 11:52 am 3996

काठमाडौं, भदौं १५: निजि क्षेत्रको कम्पनी सुन्दर यातायात प्रालिले भदौ २३ गतेबाट विद्युतीय बस संचालन गर्ने भएको छ । कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार विद्युतीय बसको कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोख्रेलले एक विशेष समारोहकाबीच उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बसलाई संचालन गर्नका लागि नेपालमै पहिलो पटक निजि कम्पनीले चार्जिङ स्टेशनको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भदौ १७ गते दिनको १ बजे चावहिलको भत्केको पुल बुलबुलेमा दुईवटा चार्जिङ स्टेशनको विधिवत उद्घाटन गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

ऊर्जा तथा सिँचाई सचिव दिनेशकुमार घिमिरेबाट उद्घाटन हुने चार्जिङ मेसिनबाट एक पटकमा चारवटा गाडी चार्ज गर्न सकिने सुन्दर यातायातले जनाएको छ । झण्डै डेढ घण्टा चार्ज गरेपछि २ सय ६८ किलो मिटर यात्रा गर्न सकिने यातायातका अध्यक्ष भेषबहादुर थापाले जनाएका छन् ।

प्रदूषणबाट आतंकित उपत्यकालाई राहत दिनका लागि निजि क्षेत्रको सुन्दर यातायात कम्पनीले विद्युतीय बसको सुरुवात गरेर प्रशंसनीय काम गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.