चितवन, वैशाख ११ : भरतपुरमा एकसाथ चारवटा सवारीसाधन एकै ठाँउमा दुर्घटना भएको छ ।
भरतपुर महानगरपालिका– ४ स्थित लंकु पुलनजिकै ना ७ ख ६४७ नम्वरको मिनि ट्रकले तीनवटा सवारीसाधनलाई ठक्कर दिएको थियो ।
मिनि ट्रकले बा १७ च ८१९७ नम्बरको रातो कार, बा १३ च ६९९२ नम्बरको खैरो कार र ना १५ प ८३५१ नम्बरको स्कुटरलाई एकैपटक ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जानकारी दिए । घटनाको थप बिवरण भने आउन बाँकी छ ।