चितवन, असार ४: नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना–६ चारकिलोमा बिहान ११:३५ बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो।
अहिले सडक खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।