चाडपर्व लक्षित लहान नगरपालिकामा बिहीबारबाट बजार अनुगमन हुने

| 2022 Oct 18 | 08:53 pm 1341

  • महेश सिंह

सिरहा, कात्तिक १ः चाडपर्व लक्षित पारेर लहान नगरपालिकामा अनुगमन हुने भएको छ। लहानका उप प्रमुख राम चलितर महतोको संयोजकत्वमा बसेको बैठकले प्रत्येक महिनाको २ दिन अनुगमन हुने मंगलबार बसेको बैठकले निर्णय गरेको हो।

No description available.

लहानका विभिन्न होटेल र किराना पसललगायत पसलहरुमा अनुगमन सुरु गर्ने घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र यादवले बताए। अनुगमनमा म्याद गुजरेका वस्तु फेला पारेमा कानुन बमोजिम कारबाही गर्ने बताए।

अनुगमनमा लहान नपाका उप प्रमुख राम चलीतर महतो, ईलाका प्रशासन कर्यालका प्रमुख रेबती रमन शर्मा, ईलाका प्रहरी कार्यालयका प्रमुख कुमार मैनाली, प्रहरी निरीक्षक कृष्ण खत्री, खाद्य गुण नियन्त्रण कार्यालय राजबिराजका टोलिले अनुगमन गर्ने बताए।

उपभोक्ता वर्गले म्याद गुज्रिएका वस्तु प्रयोगमा ल्याउन नपरोस विभिन्न रोगका रिकार नहोस र ग्राहक वर्गले रोगबाट बचियोस भन्ने उद्देश्यले अनुगमन सुरु गर्न लागेको उप प्रमुख महतोले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.