चाइनिज फर्निचरमा भीषण आगलागी

रिपोर्ट नेपाल | 2018 Nov 26 | 04:09 pm 2365

काठमाडौं, मंसिर १०: राजधानीको बुद्धनगरस्थित चाइनिज फर्निचरमा भीषण आगलागी भएको छ। सोमबार मध्यान्ह फर्निचरमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

नयाँ बानेश्‍वर प्रहरी वृत्तका प्रमुख गोविन्दराज काफ्लेका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

आगलागी भएको स्थान वरपरका घरमा समेत आगो फैलन सक्ने भएकाले उच्च सतर्कताकासाथ आगो नियन्त्रणको प्रयास भइरहेको काफ्लेले बताए। आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । आगो नियन्त्रणमा आइसकेपछि क्षतिको विवरण आउने काफ्लेले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.