चाँदीसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

| 2022 Mar 03 | 08:10 pm 1529

कञ्चनपुर, फागुन १९ः जिल्लाको बेलौरी नगरपालिका ७ स्थित मसानघाट ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ लाख ५५ हजार रुपैयाँ बराबरको चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ७ टेडिया बस्ने २६ वर्षीय महेश राना र पौलाह बस्ने २३ वर्षीय नविन चौधरी रहेका छन् । से ५ प ३५१५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी बेलौरीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित मुल्य बराबरको करीव २ किलाे १ सय ६६ ग्राम चाँदी फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद चाँदी तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

गाँजासहित पक्राउ
बारा जिल्लाको विश्रामपुर गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ५ किलाे गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको पूर्वी चम्पारण ग्रामपञ्चायत रतनपुर घर बताउने १८ वर्षीय श्रीराम कुमार र सुशिल कुमार रहेका छन् । बी.आर. ०५ एफ ३९५१ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बरैनियाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको गाँजा फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद गाँजा तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी बेनौलीबाट खटिएको सशस्त्र प्रहरीले करीव १५ किलाे गाँजा बरामद गरेको छ ।नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त गाँजा सशस्त्र प्रहरीले बारा जिल्लाको रामनगर स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । त्यसवेला उक्त गाँजा लैजाँदै गरेका व्यक्ति गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथ टाढैबाट गाँजा सोहि ठाउँमा छाडी फरार भएका थिए ।

लाखौँ रुपैयाँको लत्ताकपडा बरामद 
सर्लाही जिल्लाको बागमती नगरपालिका १ स्थित पुर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले करीव ६ लाख ४० हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १७ च २३०१ नम्बरको म्याजिक भ्यान सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाही र सुरक्षा वेश धरहराबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा भन्सार छली लैजाँदै गरेको अवस्थामा सो भ्यानमा उक्त लत्ताकपडा बरामद गरेको हो । बरामद लत्ताकपडा तथा भ्यान भन्सार कार्यालय सर्लाहीमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.