चिसो धेरै छ नी, काठमाडौंको तापक्रम कति पुग्‍यो ?

| 2018 Nov 26 | 07:10 am 1915

काठमाडौं, मंसिर १० : मंसिर सुरु भएदेखि नै मानिसहरु चिसो कस्तो बढेको भनेर आपसमा कुरा गर्छन्। उनीहरुले दिनानुदिन चिसो बढीरहेको कुरा गर्दा के तापक्रममा उनीहरुले गफ गरेजस्तै गरी ओरालो लागेको हो त ? पक्क‍ै पनि होइन। चिसो मौसमसँगै महसुस धेरै भएको हो।

तापक्रममा त्यस्तो उल्लेखनिय गिरावट आएको छैन। आज काठमाडौंको न्‍यूनतम तापक्रम ६ दशमल ६ डिग्री सल्सियस पुगेको छ। आइतबार ७ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम आज थोरै ओरालो लागेको हो।

आइतबार माइनस २ डिग्री सेल्‍सियस मापन गरिएको जुम्‍लाको न्यूनतम तापक्रम सोमबार भने माइनस १ दशमलव ५ डिग्री मापन गरिएको छ। जुम्लाको तापक्रम शनिबार माइनस ३ डिग्री

आज जोमसोमको तापक्रम ५ दशमलव २ डिग्री मापन गरिएको छ। जोमसोममा आइतबार ५ दशमलव ६ डिग्री थियो। शनिबार त्‍यहाँको तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस थियो।

जिरीको तापक्रम १ दशमलव ५ डिग्री छ । त्यसैगरी तापलेजुङ र डडेल्‍धुरामा समान ७ दशमलव ५ डिग्री मापन गरिएको छ।

देशको पूर्वी र मध्य पहाडि भुभागका केहि स्थानमा आंशिक बदलि रहने सम्भावना छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

काठमाडौंमा आज बिहान ६ बजेर ३३ मिनेटमा सुर्योदय भयो भने सुर्यास्त बेलुका ५ बजेर ९ मिनेटमा हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.