चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

रिपोर्ट नेपाल | 2019 Dec 16 | 07:31 am 1845

काठमाडौं, मंसिर ३०: चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । गएराति करिब १०ः ३० बजे चाबहिलस्थित ओम अस्पताल पुर्याउदा मृत्यु भइसकेको पारिवारिक स्रोतले जनाकारी दिए ।

के कारणले निधन भयो तयो भने अस्पतालले खुलाएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने बताइएको छ । भट्टराई करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए ।

सन् १९८८ बाट नेपाली चलचित्र क्षेत्रमा क्रियाशील भट्टराईले नेपाल चलचित्र कलाकार संघ र नेपाल फिल्म निर्माता संघमा आबद्ध रही काम गरेका थिए । कलाकार, निर्माता तथा प्रस्तुतकर्ताका रुपमा ३ दर्जनभन्दा बढी फिल्ममा भट्टराईले काम गरेका थिए ।

उनले ‘आफ्नो मान्छे, देवर बाबु, पाहुना,सो सिम्पल, कर्मयोद्धा, छोडी गए पाप लाग्ला, यात्रा’ लगायतका चलचित्रहरु निर्माण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.