चरेश बाेक्ने एम्बुलेन्ससहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 07 | 02:43 pm 1776

सर्लाही, जेठ २५ः एम्बुलेन्समा राखी अवैध लागूऔषध चरेश बोकेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ । ८ किलो चरेश लोड गरी भारततर्फ लैजादै गरेकाे अवस्थामा सर्लाहीको मलंगवा नगरपालिकाबाट एम्बुलेन्ससहित तीन जनालाई नियन्त्रणमा लिएको सर्लाही प्रहरीले जानकारी दिएकाे छ ।

मलंगवा नगरपालिका ८ स्थित झिलमिलीयामाई मन्दिरको बाटो भएर भारततर्फ जाँदै गरेका एक व्यक्तिको साथबाट ८ किलो चरेश बरामद भएपछि सो चरेश एम्बुलेन्समा लोड गरेर भारततर्फ लग्न खोजेको योजना सार्वजनिक भएको थियाे ।

प्रहरीले मलंगवा ८ का रामदुलार रायलाई ८ किलो चरेशसहित पक्राउ गरेका हो । उनीसँग सोधपुछ गर्दा ज १ च १४०७ नम्बरको एम्बुलेन्स चालक मोहन राय यादव समेतले एम्बुलेन्समा राखी भारततर्फ पुर्‍याउन भन्ने बयान दिएको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

त्यसपछि चालक यादव र उनका सहयोगी नथुनी ठाकुरलाई नियन्त्रणमा लिएर एम्बुलेन्सको तलासी गर्दा १ सय ३५ ग्राम चरेश फेला परेको कुँवरले बताए ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.