चरेशसहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 14 | 05:56 pm 1587

राँझा, पुस ३०  : बाँकेको कोहलपुरमा प्रहरीले पाँच किलो ५० ग्राम चरेशसहित दुईलाई आज पक्राउ गरेको छ ।

बसपार्क नजिकबाट जाजरकोटको भेरी नगरपालिका २६ वर्षीय नरेन्द्रराज घर्ती र २९ वर्षीय धनबहादुर बुढालाई चरेशसहित पक्राउ गरिएको इप्रकाका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए।

पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.