चन्द्रनिगापुरबाट काठमाडौं आउँदै गरेको सुमो दुर्घटना : ३ जनाको मृत्यु, ५ घाइते

रिपोर्ट नेपाल | 2019 Dec 27 | 05:21 pm 1905

काठमाडौं, पुस ११ : मकवापुरको इन्द्रसरोवर गाउँपालिका–३ ओखरेडाँडा नजिक सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु र पाँच घाइते भएका छन् ।

चन्द्रनिगापुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज ३४३३ नम्बरको सुमो अन्दाजी ३०० मिटर तल खसी आज दुर्घटना भएको थियो । मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि काठमाडौंतर्फ पठाइएको छ । सुमोमा नौ जना सवार रहेका, तीमध्ये एक सकुशल रहेका र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.