कैलाली, असाेज ८: जानकी गाउँपालिका–९ कटासेमा पानीसँगै परेको चट्याङ लागेर १५ भेडा मृत्यु भएको छ ।
पानीबाट जाेगिन रुखमा ओत लागेको अवस्थामा सोही रुखमा चट्याङ खस्दा भेडाको मृत्यु भएको अमरावती प्रहरी चौकीले जानकारी दिए । जानकी गाउँपालिका–९ बक्लौवा शिविरका विपतराम चौधरीका भेडा जङ्गलमा चराउन लगिएको र पानी परेपछि कटासे पुल नजिकै साजको रुखमा भेडा ओत लागेका थिए ।
भेडा पालेर जीविका चलाएको चौधरीको परिवार सबै भेडा मरेपछि दुःखित छ । व्यवसाय तथा व्यापारका नामामा यही भेडा पालन गरेका थिए ।