सिन्धुली, जेठ १४ः चट्याङ लागेर सिन्धुलीमा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका ४ देउरालीका बासु सापकोटा रहेका छन् ।
कमलामाई नगरपालिका ६ रातमाटामा घर ढलान गर्ने क्रममा चट्याङ लागेर घाइते भएका सापकोटालाई उपचारकाे लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मृतककाे पोस्टमार्टमका लागि सिन्धुली अस्पताल लगिएको बताइएकाे छ ।