सल्यान, बैशाख २३ः हावाहुरी र पानीसँगै चट्याङ पर्दा चट्याङले लागेर सल्यानमा एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।मृत्यु हुनेमा कुमाख गाउँपालिका ३ चिनालीकी ६ वर्षीया हिमानी राना रहेकी जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
मंगलबार बिहानै घरमा परेको चट्याङले गम्भीर घाइते उनको उपचारका क्रममा सल्यान जिल्ला अस्पताल खलंगामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।
उक्त चट्याङ लागेर कुमाख गाउँपालिका ३ का वडासदस्य ३६ वर्षिय अतिराम राना, श्रीमती ३० वर्षिया दीपा राना, ८ वर्षीय छोरा यमराज राना, २६ वर्षीय टेक बहादुर राना र २३ वर्षिय रणसिंह राना घाइते भएका छन्।
उनीहरूकाे अहिले सल्यान अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।